Odapalika - The Fourth Estate - चौथो अंग
जनप्रतिनिधिको अवरोधबीच अदालतको आदेश बोकेर पालिकामा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत 

काठमाडौँ । रौतहटको यमुनामाइ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव अदालतको आदेश बोकेर कडा सुरक्षा घेराबीच गाउँपालिकामा हाजिर भएका छन् । 

गत २२ मंसिरमा जिल्ला समन्वय समिति रौतहटबाट यमुनामाइ गाउँपालिकामा सरुवा भएका यादवलाई पालिका अध्यक्षसहित जनप्रतिनिधिले हाजिर गर्न नदिएपछि उनी उच्च अदालत जनकपुर पुगेका थिए । 

हेर्नुहोस् सरुवाको पत्र 

yamunamai 11703482331.jpg

अदालतले संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयले सरुवा गरेको यमुनामाइ गाउँपालिकामा हाजिर हुन दिनु भनेर अन्तरिम आदेश दिएपछि उनी आइतवार प्रहरी सुरुषाघेराका बीच पालिकामा हाजिर भएका हुन् । 

हेर्नुहोस् अदालतको आदेश 

yamunamai1703482332.jpg

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २२ मंसिरमा   जिल्ला समन्वय समिति रौतहटमा शाखा अधिकृतका रुपमा कार्यरत यादवलाई यमुनामाइमा सरुवा गरेको थियो । त्यसअघि १३ मंसिरमा गाउँपालिकामै कार्यरत कविराज सातौं तहका कर्मचारी राम श्रेष्ठलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।

उनको जिम्मेवारी ८ दिनमै खोसेर मन्त्रालयले यादवलाई अधिकृत तोकेपछि जनप्रतिनिधिसहित स्थानीयले विरोध गर्दै यादवलाई हाजिर हुन रोक लगाएका थिए । 

तर यादवले उच्च अदालतमा हाजिर हुन पाउनुपर्ने माग गर्दै रिट निवेदन हाले । उनको रिमा सुनुवाई गर्दै उच्च अदालत जनकपुर को अस्थायी इजलास बीरगंजले गत ३ पुसमा हाजिर गर्न दिनु भनेर अन्तरिम आदेश दियो । 

उनलाई हाजिर गर्न नदिने भन्दैस्थानीय गाउँपालिका प्रवेशद्वारमा जम्मा भएपछि प्रहरी सुरक्षाका बीच उनले हाजिर गरेका हुन् । यादवलाई हाजिर हुन नदिन जनप्रतिनिधि नै गेटमा धर्ना बसेका थिए । 
 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update