Odapalika - The Fourth Estate - चौथो अंग
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले मंगलबार ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेको जानकारी दिए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । यसअघि प्रचण्ड २०६४ र ०७४ मा पनि प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update