Odapalika - The Fourth Estate - चौथो अंग
जाडो सुरु भएसँगै मुगूम कार्मारोङमा १ महिना बिदा

काठमाडौँ ।  मुगुको मुगूम कार्मारोङ गाउँपालिकाले एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढेसँगै पालिकाले यस वर्ष पनि एक महिना जाडो बिदा दिने निर्णय गरेको हो ।

पालिकाले पुसको दोसो साता (१५ गते) देखि माघ १५ गतेसम्म जाडो बिदा दिने निर्णय गरेको अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए । 

उनका अनुसार एक महिना पालिकाभित्र सञ्चालित विद्यालय तथा पालिकाबाट प्रवाह हुँने सम्पूर्ण सेवा बन्द हुनेछ । चिसोको समयमा काम गर्न गाह्रो हुनेभएपछि एक महिना जाडो बिदा दिइएको उनको भनाइ छ । 

गाउँपालिका १७ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमध्ये एउटा माध्यमिक विद्यालय, ३ वटा निम्न माध्यमिक र १३ वटा आधारभूत विद्यालय रहेको अध्यक्षले लामाले बताए । 

ती विद्यालयमा करिब १ हजार २०० विद्यार्थी रहेको उनले जानकारी दिए । पालिकाले एक महिना जाडो बिदा दिने निर्णय गरेपछि कार्यरत कर्मचार र शिक्षक घर तर्फ लागेका छन् । 

गाउँपालिकामा एक महिनासम्म विकास निर्माणका कामकाजदेखि अन्य सरकारी सेवा प्रवाह अवरुद्ध हुने भएको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update