Odapalika - The Fourth Estate - चौथो अंग
एउटा दुर्लभ तस्विर !

काठमाडौँ । तस्विरमा देखिएका २ अनुहार हुन् राष्ट्रपति रामचन्द्र पौडेल र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन । 

सन्दर्भ हो राष्ट्रपतिको पाटन दरवार क्षेत्रको अवलोकन ।  बिहानको झमझम पानीमा रुझ्दै राष्ट्रपति आफ्नो पालिकामा आइपुगेपछि मेयर त्यहाँ नपुग्ने कुरै भएन । 

मेयर परे स्थानीय, राष्ट्रपतिको व्यवस्थित सवारी । त्यसैले होला मेयरले हतारमा छाता बोक्न बिर्सिए, या उनलाई राष्ट्रपतिसँगै हिडेका बेला सहयोगीले छाता ओडाउने या छाता थमाइदिने हिम्मत जुटाउन सकेनन् । 

दरवार संग्राहलय घुमाउने क्रममा पानी परेपछि सहयोगीले राष्ट्रपतिलाई छाता ओडाउन खोजे । तर उनले आफैँले छाता समातेर ओडे । संयोगपनि कस्तो जुट्यो भने देखिएको तस्विर राष्ट्रपतिको सचिवालयका कर्मचारीले जतिवेला क्यामरामा कैद गरे, त्यसबेलै मेयर मर्हजन राष्ट्रपतिकै छातामा ओत लाग्न पुगे । 

राष्ट्रपतिको छातामा ओत लाग्नु नौलो कुरा नभएपनि विगतका राष्ट्रपतिहरुको रवाफ अघि वर्तमान राष्ट्रपतिको सादगीपन भने यो तस्विरले गज्जवले देखाइदिएको छ । 

Photo (5)1690528311.jpg

सिमसिम पानीमा राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन संग्राहालयको अवलोकन गरे । 

राष्ट्रपति पौडेललाई त्यहाँ ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए । साथै, पाटन संग्राहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले जानकारी गराएका थिए ।

पछिल्लो समय निरन्तर अस्वस्थ भएका राष्ट्रपति पौडेल लामो समय पछि शीतल निवास बाहिरको कार्यक्रममा निस्केका हुन् । पौडेलसँगै श्रीमती, छोरा र छोरी पनि साथै गएका थिए । 

Photo (1)1690528309.jpg

Photo (3)1690528309.jpg

rastrapati-11690528219.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update