Odapalika - The Fourth Estate - चौथो अंग
आज चन्द्रराशि परेका वृष र मिथुनको आय वृद्धि हुँदा यस्तो छ अन्य राशिको अवस्था 

आजको पञ्चाङ्ग 

तिथिः पूर्णिमा, नक्षत्रः मृगशिरा, करणः भद्रा, चन्द्रराशिः वृष/मिथुन, सूर्योदयः ६ः१५, सूर्यास्तः १७ः १८, दिनमानः २७ः ३५ घडी, राहुकाल: दिनको १ः ३० देखि ०३: ०० बजेसम्म ।

तपाईको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

तपाईंको तर्क कामयावी हुनेछ । भाइको प्रगति सुन्नु पर्नेछ । पराक्रम बढ्नेछ । दाजुभाइबाट भने काममा अवरोध हुनसक्ला । 

वृष  (इ उ ए ओ बा बि बु बे बो)

तपाईंको आयमा बृद्धि हुनेछ । कुटुम्बको भेटघाटले मन आनन्दित हुनेछ । स्वस्थ्यमा आएको समस्यामा सुधार हुनेछ ।

मिथुन  (का कि कु घ ङ छ के को ह)

काम बन्ने तथा पराक्रम बढ्नेछ देखिन्छ । कतै महत्वपूर्ण व्यक्ति भएर जाने अवसर मिल्नेछ । सबैको साथ रहनेछ ।  

कर्कट  (हि हु हे हो डा डि डु डे डो )

अप्रत्यासित नोक्सानी बेहोर्नु पर्नेछ । यात्राको अवसर मिल्नेछ । कुनै सामान गुम्ने सम्भावना बढी देखिन्छ । 

सिंह (मा मि मु मे मो टा टि टु)

कार्यक्षेत्रबाट राम्रो सदभाव मिल्नेछ  । सबैको प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको कुरा पूरा गर्न सफल हुनुहुनेछ  । लाभ हुनेछ । 

कन्या (टो प पि पु ष ण ठ पो)

परिवारका साथ मनोरञ्जनमा दिन बित्नेछ । नयाँकार्यले सफलता प्राप्त हुन्छ । अरु मन सजिलै जित्न सकिनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको कार्यको सिद्धिप्रप्तिको योग छ । धनागम हुने देखिन्छ । तपाईँको भाग्यको ढोका खुल्नेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

अचानक अप्रिय खबर सुनेर मन चिन्तित होला । अत्याधिक खर्च हुने देखिन्छ । काम गरेको ठाउँमा पनि जस पाउने सम्भावना छैन । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

जीवन साथीको साथ पूर्णरुपमा हुनेछ । परिश्रमपूर्वक गरेको कामबाट निराश हुनुपर्दैन । भाग्यले राम्रो दिनेछ । धर्मप्रति मन जानेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

मित्रसँग विवाद पर्नसक्छ । आत्मविश्वासका साथ काम गर्नुपर्ने हुन्छ । अनावश्यक सोचाइ मनमा आउनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आजको समय कार्यक्षेत्रमै ब्यस्त भइएला । कामलाई पूर्ण सफल पार्न निकै परिश्रम गर्नुपर्ला । अरुले कामको सम्मान भने गर्नेछन् ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आजको दिन शत्रुहरुबाट जोगिनु पर्नेछ । शरीरमा अस्वस्थ्यता हुन सक्छ । नयाँ ठाउँको यात्रा भने गर्नुहुनेछ ।            
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update