Odapalika - The Fourth Estate - चौथो अंग
चिसो बढेसँगै यस्तो छ आज दिनभरको मौसमी अवस्था 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मौसमी प्रणालीको असर कमजोर भएपनि चिसो भने अत्यधिक बढेको छ । 

आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । 

तराईका थोरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले बताएको छ । दिउँसो सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

राति भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन पनि अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update