Odapalika - The Fourth Estate - चौथो अंग
दिक्तेल रुपाकोट मझुवागढीको घुम्ती शिविरः मान्छेदेखि पशु हुँदै माटोसम्मको उपचार 

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमार्फत ४७७ जना स्थानीयवासीले सेवा लिएका छन् । 

शिविरमा स्वास्थ्य परीक्षणदेखि, नागरिकता हुँदै कृषकका माटो परीक्षणसम्म गरिएको छ । 

नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाजले आयोजना गरेको शिविरमा ९५ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र, ४० जनालाई नागरिकता प्रदान गर्न सिफारिस, ४२ जनाको मिर्गाैला परीक्षण, ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण, ४९ वटा कुकुरलाई रेबिज भ्याक्सिन, सात जना कृषकको माटो परीक्षण तथा २३३ जना कृषकलाई पशुचौपायका लागि आवश्यक पर्ने औषधि वितरण गरिएको हो । 

नागरिकलाई स्थानीय सरकारको महसुस गराउनेगरी नगरपालिकाका १५ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update