Odapalika - The Fourth Estate - चौथो अंग
तीन दिनपछि खुल्यो सीजी सिमेन्टमा लगाईएको ताला, उत्पादन ठप्प

काठमाडौँ । सीजी सिमेन्ट उद्योगमा स्थानीयले लगाइदिएको ताला तीन दिनपछि खुुलेको छ । उद्योगपति विनोध चौधरीको मुख्य लगानीमा पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको वडा नम्बर २ मा सञ्चालित उद्योगमा गत शनिबारदेखि स्थानीयले तालाबन्दी गरेका थिए । 

उद्योगबाट अत्यधिक मात्रामा धुँवा र धुुलो निष्किएको भन्दै उद्योगको मुुख्य गेटमा लगाईएको ताला सोमबार साँझ जनप्रतिनिधिको रोहबरमा खुुलाइएको हो । 

वडा अध्यक्ष दान बहादुर पौडेलले स्थाननीयलाई सहमत गराएर सोमबार साँझदेखि उद्योगको गेटमा लगाईएको ताला हटाइएको जानकारी दिए । उनका अनुसार उद्योगको ताला हटाइएपनि उत्पादन भने ठप्प छ । 

‘स्थानीयको माग अनुसार कम्पनीले धुुवाँ कम गर्ने उपकरण जडान नगर्दासम्म उत्पादनमा रोक लगाईएको हो । काम गर्न नै नदिएर उद्योगमा ताला लगाउनु मात्र समस्याको समाधान होइन, स्थानीयलाई ताला खुुलाएर काम गर्न  दिनुपर्छ भन्नेर सम्झाएपछि उहाँहरुको रोहबरमा सोमबार साँझदेखि ताला खोलिएको छ’, वडाअध्यक्ष पौडेलले भने, ‘ताला खेलिएपनि उपकरण जडान नगर्दासम्म उत्पादनका सम्पूर्ण कामहरु ठप्प नै हुन्छन् । धुवाँले स्थानीयको स्वास्थ्यमा धेरै असर गरेको छ, यतिकै छोड्ने त कुरै भएन ।’

उनले उद्योगले उपकरण जडान गरेर वडामा खबर गरेपछि अनुुगमन गरेर मात्र उत्पादनको काम सुुचारुको अनुमति दिईने जानकारी दिए । 

पाल्पाको रैनादेवी छहरा २ सोमादी सर्देवामा रहेको सिमेन्ट उद्योगमा यसअघि पनि स्थानीयले पटक पटक अवरोध गर्दै आएका थिए । २०७६ को फागुनमा स्थानीयले माग सम्बोधन नगरेको भन्दै उद्योगमा ४ दिनसम्म ताला लगाएका थिए । 

याे पनि...

स्थानीय सरकारको निर्देशन नमानेपछि बिनोद चौधरीको सिमेन्ट उद्योगमा ताला

उदयरपुर सिमेन्टले जनतालाई सास्ती, वडाध्यक्ष भन्छन्– करेसाबारीको तरकारी पनि खान नहुने भयो

युनाइटेड सिमेन्टको गोदावरी नगरपालिकाको चुनढुंगा खानी बन्द, यस्तो छ कारण

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update