Odapalika - The Fourth Estate - चौथो अंग
पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडी बढाउन मन्त्री किरातीको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति हिन्दु विश्वविद्यालय द्रुत गतिमा अगाडी बढाउन निर्देशन दिएका छन् । विश्व विद्यालय स्थापनका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठक मंलबार बसाउँदै मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् ।

गत चैत्रमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफुले मन्त्रालयस्तरबाट गर्नुपर्ने समन्वय र पहल बारे सुझाउन समेत समितिलाई आग्रह गरे । समतिका सदस्यले हाल अध्ययन, अनुसन्धानसँगै मस्यौदाको चरणमा रहेको बताएका छन् । 

पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहेका समितिका सदस्य सचिव डा.घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसँगै परिषदबाट हुने नितिगत निर्णय सहज भएमा विश्व विद्यालय स्थापनाले गति लिने बताए । 

सो विश्व विद्यालयले विशेष गरि अध्ययन अनुसन्धानलाई प्रथामिकता दिने गरि प्रारम्भिक रुपरेखा बनिरहेको उनको भनाई छ । 

सो विश्व विद्यालयमा नेपालका सवै धर्म शास्त्रहरुको अध्ययन अनुसन्धान गराइने समितीका सदस्य चेतनाथ गौतमले बताए । विश्व विद्यालयमा कम कक्षा र बढी अनुसन्ध गराइने प्रारुप तयार गरिएको अर्का सदस्य डा.प्रेमबहादुर खत्रीले बताए । 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update