Odapalika - The Fourth Estate - चौथो अंग
धनगढी उपमहानगरमा अत्याधुनिक बसपार्कको तयारी, अस्पतालदेखि स्पासम्मका सुविधा

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका नगरभित्र अत्याधुनिक बसपार्क निर्माणका लागि जुटेको छ । 

उपमहानगरको वडा नम्बर ३ कालीनगरमा बन्ने बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको उपमहानगरपालिकाले जनाएको छ । 

डिपिआर तयार भएलगत्रै बसपार्कको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइई) गरिने मेयर गोपाल हमाल बताउँछन् । पुसभित्रै यो काम सकेपछि जग्गाप्राप्ति लागयतका कानुनी प्रक्रिया सकेर बसपार्क निर्माण थाल्ने उनको योजना छ । 

बसपार्कमा अत्याधुनिक सुविधा उपलब्ध गराउने उपमहानगरको तयारी छ । हमालका अनुसारबसपार्क २ तले बन्ने छ । जहाँ प्रहरी चौकी, १० बेडकोे अस्पताल, बैठक कक्ष र स्पासमेत हुनेछन् । 

भुँइतलामा छोटो र माथिल्लो तलामा लामो दुरकिा सवारी साधन पार्किङ गर्नेदेखि लिएर यात्रुका लागि सुविधासम्पन्न प्रतिक्षालय बनाउनेसम्मका योजना हमालले बनाएका छन् ।  ९९ करोड ३५ लाख ६० हजार रुपैयाँ लागत अनुमान गरिएको यो बसपार्कका लागि ८० प्रतिशत रकम नगर विकास कोष र बाँकी धनगढी उपमहानगरपालिकाले ब्यहोर्ने हमालले जानकारी दिए । 

२ वर्षमा निर्माण सक्ने लक्ष्य लिइएको यो बसपार्कका लागि  नगर विकास कोषबाट ८ प्रतिशत ब्याजमा २५ वर्षका लागि ऋण लिने हमालले जानकारी दिए । 

बसपार्कबाट वार्षिक साढे १३ करोड रुपैयाँ बढी आम्दानी हुने उनको प्रक्षेपण छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update