Odapalika - The Fourth Estate - चौथो अंग
गोदावरी नगरपालिकाका ११३ भूमिहीनले पाए लालपुर्जा

ललितपुर । गोदावरी नगरपालिका–१२ ठेचोका सुकुम्वासीले लालपुर्जाको निस्सा पाएका छन् । भूमि आयोग ललितपुरले ठेचोका ५ जना भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो । 

निस्सा वितरण कार्यक्रममा मेयर गजेन्द्र महर्जनले भूमि आयोगसँगको समन्वयमा नगरपालिकाभित्रका सबै सुकुम्वासीलाई निस्सा गर्दै आवश्यक प्रक्रिया पूरा गरी जग्गाको लालपुर्जा वितरण गर्ने बताए । 

३१ असारमा वडा नं ७ देवीचौरका भूमिहीनलाई निस्सा वितरण गरिसकेका छौँ, अब बाँकी १२ वटै वडाका भूमिहीनलाई निस्सा वितरणका लागि भूमि आयोगसँग समन्वय गरेर २ महिनाभित्र पालिकाका सबै भूमिहीनलाइृ लालपुर्जाको निस्सा दिन्छौं,’ मेयर मर्हजनले भने । 

भूमि आयोग जिल्ला समिति ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेका अनुसार हालसम्म बागमती गाउँपालिकाका ९४ परिवार, गोदावरी नगरपालिका–७ देवीचौरका १४ परिवार र वडा नं १२ ठेचोका ५ परिवार गरी ११३ परिवारलाई निस्सा वितरण भइसकेको र बाँकी रहेका स्थानीय तह र वडाहरुमा निस्सा वितरणका लागि तयारी भइरहेको छ ।

godawari11690543590.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update