Odapalika - The Fourth Estate - चौथो अंग
श्रीलंका टापुलाई जोड्न ५ किलोमिटर लामो झोलुंगे पुल ! 

काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ मा पर्ने ठाकुरबारीबाट श्रीलंका टापुलाई जोड्ने देशकै लामो झोलुङ्गे पुल बन्ने भएको छ । 

सुनसरीको बराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलंका टापु क्षेत्रमा पर्छ । यो क्षेत्रमा सडक संजाल नहुँदा स्थानयि डुंगाको प्रयोग गरेर हिडडुल गर्न बाध्य छन् । 

सप्तकोशी नदीमाथि बन्ने भनिएको झोलुङ्गे पुल ५ किलोमिटर लम्बाइको हुने बताइएको छ । संघीय सरकारको ठूला झोलङ्गे पुल निर्माण विभागअन्तर्गत सप्तकोशीमा पहिलो पटक यति लामो झोलुङ्गे पुल निर्माण हुन लागेको बराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले बताए । पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अन्तिम चरणमा पुगेको उनले बताए ।

झोलुङ्गे पुल सर्भेका लागि ऋषिकेश सर्बिस प्राइभेट लिमिटेडका अनुसार डिपिआरको काम अन्तिम चरणमा पुगेको छ । 

श्रीलंका टापुमा ४ हजार ५ सय घरधुरी छन् । बराहक्षेत्र–६ का वडाध्यक्ष उद्ववप्रसाद पोखरेलका अनुसार पुल बनेपछि श्रीलंका टापुवासीको दैनिकी सहज हुने छ ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update