Odapalika - The Fourth Estate - चौथो अंग
ज्योतिष शास्त्रअनुसार यी ८ राशिको आज चम्कने छ भाग्य 

तिथि: प्रतिपदा, नक्षत्र: आर्दा, करण: बालव, चन्द्रराशि: मिथुन, सूर्योदय: ६ः ५४, सूर्यास्त: १७: १५, दिनमान: २५: ५१ घडी, राहुकाल: बिहान १२: ०० देखि १: ३० सम्म ।

तपाईको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

आवेशमा काम गर्दा समस्या पर्नेछ । दाजुभाइ र मित्रहरु पनि शत्रु हुनेछन् । सोच विचार गरेर काम गर्नुहोला । 

वृष  (इ उ ए ओ बा बि बु बे बो)

मान सम्मान र धन प्राप्त हुनेछ । नयाँनयाँ काम गरिनेछ । खुसीको खबर सुन्न पाइनेछ ।   

मिथुन  (का कि कु घ ङ छ के को ह)

मित्रहरु विभिन्न बाहनामा नजिकिनेछन् । मनमा आवश्यक सोचाइ आउला । संंयमताको आवश्यक देखिन्छ । कार्य सफल हुनेछ ।   

कर्कट (हि हु हे हो डा डि डु डे डो)

महत्वपूर्ण काम बिग्रने  देखिन्छ । मनमा अनावश्यक विचार आउनेछ । शरीरमा आलस्य होला । धन खर्च हुनेछ । 

सिंह  (मा मि मु मे मो टा टि टु)

आज धनागमनको समय रहेको छ । आपूmले गरेको काममा सफल हुनुहुनेछ । आफन्त इष्टमित्रको प्रशस्तै सहयोग पाइनेछ । 

कन्या (टो प पि पु ष ण ठ पो)

तपाईको आज आप्mनो कर्मको सम्मान पाउने योग छ । पाहुनाको स्वागतमा समय खर्चिनु पर्नेछ । आय र व्यय बराबर रहला ।  

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन भाग्यले पूर्ण साथ दिनेछ । बोल्दा वा कामगर्दा जस पाइनेछ । स्वस्थ्यमा सुधार हुनेछ । सुखद् यात्रा होला ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज तनावमय दिन हुन सक्ला । कुरा काट्ने र काममा बाधा दिने प्रशस्तै हुनेछन् । सोचेभन्दा बढी खर्च हुनेछ । स्वस्थ्यमा पनि समस्या आउनेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज सुखप्राप्तिको योग छ । मन असाध्यै चञ्चल हुनेछ । सबैको मन जितेर काम गर्न सकिनेछ । भाग्य दरो छ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

शत्रु पक्ष सबल हुनेछन् । भाग्यले साथ दिनेछैन । सोचेभन्दा बढी खर्च हुनेछ । मनमा अनावश्यक कुराले डेरा जमाउनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आजको दिन सुख प्राप्तिको समय रहेको छ । हरेक कुरामा सन्तुष्टि मिल्नेछ । यात्रा सुखमय हुनेछ । 

मीन  (दि दु थ झ ञ दे दो चा ची) 

आजको दिन मध्यम हुनेछ । परिवारसँगको यात्रा रमाइलो हुनेछ । धन सम्पत्तिको भने खर्च हुनेछ । नयाँ योजना बन्नेछन् ।  
 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update