Odapalika - The Fourth Estate - चौथो अंग
फैसलाको अपव्याख्या गर्दै काममा फर्कने हिक्मत कार्कीको तयारी 

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतले बिहीबार गरेको फैसलाको अपव्याख्या गर्दै नियमित कामकाजमा फर्कने बताएका छन् । सर्वोच्चको आदेशलाई आधार मानेर आफू नै कामचलाउ मुख्यमन्त्री भएको दाबी उनले गरेका छन् । 

बिहीबार  विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकारका दैनिक काम नरोकिउन भनेर अदालतले बाटो खोलेको कारण आफु मन्त्रालय जाने र नियमित  कामकारवाहीलाई अगाडि बढाउने बताएका हुन् । 

उनले भने, ‘सर्वोच्च अदालतको आदेशमा सभामुखको हस्ताक्षरलाई आधार मानेर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने कार्य संविधानविपरीत भएकाले सो त्रुटी भएकै विन्दुबाट नयाँ मुख्यमन्त्री नियुक्त गर्न भनेको थियौं । केन्द्रीय गठबन्धनको गलत निष्कर्ष गलत निर्देशनका कारणले अहिले गठबन्धनले संविधान मिच्ने काम भएकाले सरकारका दैनिक काम नरोकिउन भनेर अदालतले बाटो खोलेको छ ।’

तर सर्वोच्च अदालतको फैसलामा भने कार्कीले कामकाज गर्न पाउँ भनेर गरेको मागदाबी अस्वकिार गर्दै ततकाल सरकार गठन प्रक्रिया सुरु भएर नयाँ सरकार बन्ने भएकाले उनलाइृ काममा फर्काउन आदेश जारी गर्न नपर्ने उल्लेख गरेको छ । 

सर्वोच्चले आदेशको बुँदा नम्बर १२ (ग) मा भनेको छ – ‘उपरोक्त प्रकरण (ख) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा धारा १६८ को उपधारा ९३० बमोजिम मुख्यमन्त्री नियुक्त हुने नै भएकाले रिट निवेदकको माग बमोजिम अहिले नै निज रिट निवेदकलाई ‘‘सरकारको नेतृत्व गर्ने अवसर दिलाउनु’’ भनी रिट आदेश जारी गरिरहन परेन ।’

हेर्नुहोस आदेश 

hikmat1690462492.PNG

नेता कार्कीले कोशी प्रदेश संथागत विकासका निम्ति नेपाली सबै दलको सरकार गठन गर्न सकिने पनि बताए । 

उनले भने, ‘हामी यस विषयमा कुराकानी गर्छौं, सहमतिको वातावरण बनेमा मुख्यमन्त्री को हुने भन्ने कुरा मुख्य हुँदैन,यदि प्रदेशलाई संथागत गर्न सबै दलहरु मिलेर सरकार बन्छ भने एउटा राम्रो निष्कर्शको आधारमा हामी जान तयार छौं अहिले पनि हामी त्यसमा खुल्ला छौं ।’

र, याे पनि 

 

ओलीको नजिरले उद्धव थापा नै कार्यवाहक मुख्यमन्त्री

कोशी सरकार संकटः यस्ता छन् अबका बिकल्प 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update