Odapalika - The Fourth Estate - चौथो अंग
सबैले पाए हिमालयन रिइन्स्योरेन्सको सेयर, कसरी हेर्ने नजिता ? 

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बुधबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सेयर बाँडफाँड गरेको हो ।

३० कित्तासम्म आवेदन दिने सबैले आइपिओ पाएका छन् । १०, २० र ३० कित्तासम्म आवेदन दिएका सबैले मागेजती आइपिओ पाएको कम्पनीले जनाएको छ । ३० कित्ता भन्दा बढि आवेदन दिनेहरुले भने गोलाप्रथा बाट थप १० कित्ता आइपिओ पाएका हुन् । 

क्यापिटलका अनुसार आईपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाको आवेदन परेको थियो । जसमध्ये १५ लाख ६४ हजार ५ सय ६४ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ  । जसमा २९ हजार २१ जनाले थप १० कित्ता शेयर पाएका छन् । अर्थात् २९ हजार २१ जनाले ४० कित्ता शेयर पाएका छन् । 

कसरी हेर्ने नतिजा

हिमालयन रिइन्स्योरेन्सको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आइपीओको नतिजा केहि समयपछि प्रकाशन हुने जनाएको छ । 

नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । 

बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://nicasiacapital.com,सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट  iporesult.cdsc.com.np बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  

कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update