Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रिय सहकारी बैंकले माग्यो १ सय जना कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौँ । राष्ट्रिय सहकारी बैंक (एनसीबिएल) ले एक सय जना कर्मचारीको माग गरेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै विभिन्न  पदका लागि उक्त संख्यामा कर्मचारी मागेको हो । 

सूचना अनुुसार प्रमुख वित्त अधिकृत, प्रमुख कर्जा व्यवसाय अधिकृत, व्यवसाय विकास प्रमुख, आन्तरिक लेखा परीक्षण प्रमुख र कानून अधिकृतमा एक/एक जना माग गरेको हो । 

बैंकले सबैभन्दा धेरै कनिष्ठ सहायक पदमा कर्मचारीको माग गरेको छ । उक्त पदका लागि ६० जनाको माग गरेको बैंकले शाखा प्रमुखमा १५ जना माग गरेको छ । यस्तैगरी, व्यवस्थापन प्रशिक्षार्थीमा १५ र कर्जा अधिकृत (कृषि, लघुवित्त, परियोजना) का लागि २ जना माग गरेको छ । 

बैंकले बुधबार जारी गरेको सूचना अनुसार इच्छुक आवेदक कर्ताले पुस २५ गतेभित्र बैंकको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्नेछन् । इच्छुक आवेदक कर्ताले विद्युतीय माध्यमबाट दरखास्त फाराम पेश गर्दा बैंकले तोकेको सम्पूर्ण विवरणहरुका साथमा नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रका साथमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ । 

बैंकले स्थायी रुपमा गर्न लागेको पदपूर्तिमा व्यवस्थापकीय श्रणीका लागि २५ वर्षपूरा भई ४५ वर्ष ननाघेको, अधिकृत श्रेणीका लागि २१ वर्षपूरा भई ३० वर्ष ननाघेको, सहायक श्रेणीका लागि १८ वर्ष पूराभई २५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । 

बैंकमा कार्यरत स्थायी, अस्थाई र करार कर्मचारीका लागि उमेरदह लागू नहुने जनाईएको छ । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update