Odapalika - The Fourth Estate - चौथो अंग
घुस लिएको अभियोगमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत प्रक्राउ

काठमाडौँ । प्रहरीले पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुलीलाई कार्यकक्षबाटै पक्राउ गरेको छ । प्रहरीले उनलाई बुधबार कार्यकक्षबाटै पक्राउ गरेको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले जानकारी दिए । 

प्रमुख कार्यकारी अधिकृत पराजुलीमाथि रजिष्ट्रार हुँदा घुस लिएको आरोप लागेको छ । पोखरामा सञ्चालित मित्रमिलन बचत तथा ऋण सहकारीको स्याङजामा सेवा केन्द्र विस्तारका गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड १५ लाख रुपैयाँ घुस लिएको आरोप लगाईएको छ । 

सर्वसाधारणले मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले रजिष्ट्रार पराजुलीलाई घुस खुवाएको बयान दिएका थिए । उनीहरुको बयानका आधारमा प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो । 

उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिदिन भन्दै पर्वतलाई पत्राचार गरेको थियो । कास्कीको अनुरोधका आधारमा उनलाई पक्राउ गरी आजै पोखरा पठाउने तयारी भइरहेको प्रजिअ आचार्यले बताए । 

पक्राउ पूर्जी जारी भएयता उनी केही समय फरार थिए ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update