Odapalika - The Fourth Estate - चौथो अंग
यसरी बन्दै छ ३ नगरपालिकाकाे संयुक्त  नमुना शहर

सुर्खेत । भेरी नदी किनारका ३ नगरपालिकाले संयुक्त रूपमा नमुना शहर बनाउने भएका छन् । भेरी किनारमा रहेका भेरीगंगा, लेकबेँसी र गुर्भाकोट नगरपालिकाले संयुक्त रूपमा नमुना शहर बनाउन लागेका हुन् ।
किनार वरपर पर्ने आफ्ना इलाकामा ३ नगरपालिकाले संयुक्त रूपमा शहर बनाउन लागेका हुन् । नमुना शहर बनाउन करिब ४० अर्ब रुपैयाँ लागत लाग्ने भेरीगंगा उपत्यका नमुना आधुनिक शहर कार्यालयका निमित्त आयोजना प्रमुख रामकृष्ण आचार्यले जानकारी दिए । ‘गुरुयोजना बन्दै छ । १ वर्षपछि नयाँ शहरमा के-के योजना तयार हुन्छ, विस्तृत त्यसपछि आउनेछ,’ निमित्त आयोजना प्रमुख आर्चायले भने, ‘३ नगरपालिकाको कुन-कुन वडामा के-के गर्ने सबै ठोस रूपमा गुरुयोजनामा समेटिने छ ।’ नयाँ शहर आयोजना पूणर् रूपमा तयार हुन कम्तीमा २० वर्ष लाग्नेछ ।
शहर निर्माणका लागि भेरीगंगा उपत्यका नमुना आधुनिक शहर आयोजनाको कार्यालय सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्थापना गरिएको छ । कार्यालयको उपप्रधान तथा रक्षामन्त्री पूणर्बहादुर खड्काले उद्घाटन गरेका थिए ।
सरकारले यस आयोजना निर्माणको योजना आर्थिक वर्ष २०६८/०६९ को नीति कार्यक्रममा समावेश गरेको थियो । त्यसको १० वर्षपछि कार्यालय स्थापना भएको हो । मन्त्री खड्काले भेरीगंगा उपत्यका नमुना आधुनिक शहरको गुरुयोजना निर्माणको काम द्रुत गतिमा अघि बढेकाले समयमै निर्माण सम्पन्न हुने जिकिर गरे । यस क्षेत्रमा अस्पतालदेखि ४ लेनको सडकसम्म बनिरहेको छ । बजार क्षेत्र, कार्यालय क्षेत्र, उब्जनी हुने क्षेत्रलगायत विषय गुरुयोजनामा समेटिनेछन् ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update