Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ २४ घन्टाको मौसमी अवस्था 

काठमाडौँ । नेपालको मौसमी प्रणालीमा उल्लेखनीय परिवर्तन नभएका कारण आजको मौसममा खास फेरबदल नहुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूवाृनुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित जनाएको छ । 

बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने उसले बताएको छ ।

राति भने कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशभरिको तापक्रम घट्दो क्रममा छ भने काठमाडौंँको तापक्रम बिहान ६ डिग्री सेल्सियस छ । दिउँसो केही वढेपनि चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन र सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update