Odapalika - The Fourth Estate - चौथो अंग
नेपालबाट लासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती  

काठमाडौँ । चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोश्रो सेतुको रुपमा स्थापीत भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले  बताएका छन ।  विहिबार हिमालाइन एयरलाइन्सको काठमाडौ ल्हसा उडानको उद्घाटन गर्दै  मन्त्री किरातीले यस्तो बताएका हुन । 

‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब दोस्रो प्रमुख सेतु हुनेछ– नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान’,उनले भने, ‘तिब्बतको ल्हासामा प्रति वर्ष लगभग १ करोड पर्यटकहरु घुम्न आउने गर्छन् जसमध्ये ठूलो सङ्ख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरुको हुने गर्छ जसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।’

नेपाल र चीनबीचको सम्बन्धमा केही ऐतिहासिक व्यक्तिले कोशेढुङ्गाको काम गरेको उनको भनाई छ । 

कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ, कोङ्मिङपछि ल्हसामा समेत गरेर ६ गन्तव्यमा उडान हुन थालेको हो । यससँगै ल्ह्वसामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालाइन एयरलाइन्स रहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update