Odapalika - The Fourth Estate - चौथो अंग
वडाध्यक्षकी छोरी रातारात कताबाट छिरिन् प्रमुख प्रशासकीय अधिकृतज्यू !

काठमाडौँ । झापाको गौरीगंज गाउँपालिकाले करारमा हेल्थ असिस्टेन्ट पाँचौँ तहमा गरेको कर्मचारी नियुक्ति बिवादमा परेको छ ।

पालिकाले लिएको लिखित परीक्षाको नतिजामा नामनै नभएकी एक परीक्षार्थीलाई एक दिनपछि संशोधन गर्दै लिखितमा पास भएको सूचना मात्र जारी गरेन, संसोधित सूचनामा थपिएकी एक परीक्षार्थीलाई जागिरसमेत दिएपछि बिवाद बढेको हो । 

यसरी थपिएकी परीक्षार्थी भने गौरीगंज नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष कात्र्तिकलाल राजबंशीकी छोरी कृतिका राजबंशी हुन् । 

वडाअध्यक्ष राजबंशीले लिखित परीक्षाको संसोधित नजितामा पास भएको लिष्टमा थपिएकी र मौखिक परीक्षासमेत उतीर्ण गरेकी कृतिका आफ्नै छोरी भएको वडापालिकालाई बताए । 

त्यसो भए विवाद किन त ? 

विवाद किन भयो भन्ने वुझ्न प्रमुख प्रशासकीय अधिकृत खोमराज थापाको हस्ताक्षरमा जारी भएको पदपूर्ति सम्वन्धि २ वटा सूचना हेर्नुपर्छ । जसलाई गाउँपालिकाले आफ्नो फेसबुक पेजमा समेत राखेको छ । 

पहिला यो सूचना हेरौंँ 

nam nabhako 27 ko patra1703759800.jpg

यो हेल्थ असिस्टेन्ट पाँचौं तहका लागि आवेदन दिएकामध्ये १० जना  छानिएकाे सूचना हो । जहाँ वडाअध्यक्षकी छोरी कृतिकाको नाम नै छैन । यो सूचना २७ मंसिरको हो । र यसमा १० जना लिखित परीक्षामा सहभागी हुन पाउने भनिएको छ ।

र तल हेर्नुहोस् २९ मंसिरको सूचना 

nam bhako 29 ko patra1703759847.png

nam bhako 29 ko patra thaap1703759844.png

यो सूचनाअनुसार वडाअध्यक्षकी छोरीको नाम क्रम संख्या २ मा छ । र यो सूचना अनुसार ११ जनाले लिखित परीक्षाका लागि याेग्य भनिएको छ । २ दिनपछि संशोधित सूचना निकालेर वडाअध्यक्षको छोरीको नाम लिखित दिन पाउने लिष्टमा थपेपछि संख्या ११ पुगेको हो । 

यहाँसम्म ठिकै छ मानवीय त्रुटी भयो होला भन्न सकिएला । तर ११ पुसमा अन्तर्वार्तापछि माग भएका २ जना कर्मचारीको अन्तिम सूची प्रकाशन गर्दा कृतिका दोस्रो नम्बरमा पर्दै पास भइन् । र यो सूचनाअनुसार लिखित परीक्षा दिनेको संख्या पनि घटेर ९ जनामा झरेछ ।

हेर्नुहोस नगरपालिकाको अन्तिम नतिजा 

21703759897.png

यो सूचना अनुसार वडाअध्यक्षको छोरी पास भइन् बधाइ छ । तर प्रश्न कहाँनेर उठ्छ भने २७ गतेको लिखित परीक्षाको नतिजामा १० जना पास भएको सूचना छ । २९ गतेको सूचनामा ११ जना पास भएको भनिएको छ । जुन सूचनामै प्रष्ट देखिन्छ । 

तर अन्तिम नतिजाको सूचनामा हेर्नुहोस त । २३ जनाले निवेदन दिएछन् र ९ जनामात्र लिखित परीक्षामा पास भएछन् । जवकी लिखित परीक्षा दिन पाउने भनिएका सूचनामा भने एउटामा १० जना र अर्कोमा ११ जना छ । 

मानौ वडाअध्यक्षकी छोरीको नाम समावेश गरेर निकालिएको सूचनामा गल्ती भएछ, संसोधन गरियो । तर लिखितकाे नतिजा प्रकाशन गर्दा २ जना लिखित परीक्षाका लागि याेग्य उम्मेदवार नै गायव बनाइएको छ । यसबीचमा पालिकाले लिखित परीक्षा पास गर्नेकाे अर्काे सूचि पनि  निकालेकाे छ । 

हेर्नुहाेस् सूचना

likhit1703762103.png

जहाँ भनिएको छ– लिखित परीक्षामा सहभागी संख्या ९ जना । मानाैँ २ जना परीक्षा दिन उपस्थित भएनन् । तर  प्रश्न उठ्छ कृतिका याे प्रकृयामा कसरी छिरिन् ? 

के भन्छन् वडाअध्यक्ष ? 

हेल्थ असिस्टेन्टको परीक्षामा गम्भीर प्रश्न उठेपछि हामीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापालाई फोन गरेका थियौँ । तर गाउँपालिकाको वेवसाइटमा राखेको उनको मोवाइल अफ छ ।  गाउँपालिकाका सूचना अधिकृत विरेन्द्र खड्का, गाउँपालिका अध्यक्ष फुलवती राजबंशी, उपाध्यक्ष पुजन न्यौपानेको पनि फोन अफ छ । 

तर वडानम्बर १ का वडा अध्यक्ष कात्र्तिकलाल राजबंशीले भने फोन उठाएर कुरा गरे । 

उनकाअनुसार गाउँपालिकाले लिएको परीक्षामा पदपूर्ति समितिको लापरवाहीका कारण कृतिकाको नाम लिखित परीक्षामा पास हुनेको लिष्टमा हालिएन र २ दिनपछि सूचना संशोधन गरी पास भएकाको नाम थपियो । 

उनकी छोरी प्रतिस्पर्धामा दोस्रो भइन् र २ जना कर्मचारी चाहिने भएकाले छोरी योग्य भइन् । 

‘तपाईले भन्नुपर्यो कि मेरी छोरीले प्रतिस्पर्धा नै गर्नुभएन भनेर, प्रतिस्पर्धामा पास भइन त उनको र मेरो के दोष’ छोरीलाई सूचना संसोधन गर्न लगाएर भएपनि पास गराउनुभएछ हैन भन्ने वडापालिकाको प्रश्नमा उनले भने । 

उनकाअनुसार गाउँपालिकाले यसअघि पनि त्रुटी भएपछि पटक पटक पदपूर्तिको सूचना संशोधन भएको छ । त्यस विषयमा कहिल्यै कसैले प्रश्न उठाएनन् । 

र उनले अन्तिममा भने गज्जवको प्रश्न गरे– अघिल्लो कार्यकालमा परीक्षा नै नलिइ प्रतिस्पर्धा नै नगराइ कर्मचारी भर्ना भएका छन्, त्यस विषयमा तपाइहरुले खोज्न पर्दैन? 

वडा अध्यक्षले भनेजस्तो अनियमितता त बाहिर आउला तर परीक्षामा देखिएको यो लापरवाहीको जिम्मेवारी कसले लिन्छ प्रमुख प्रशासकीय अधिकृत ज्यू ? 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update