Odapalika - The Fourth Estate - चौथो अंग
२ वटा प्रदेशमा छिटपुट वर्षा, अन्यत्र यस्तो छ मौसम 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा बाँकी तराई भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम हुस्सु र कुहिरो लागेको विभागको भनाइ छ ।

विभागका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०६:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update