Odapalika - The Fourth Estate - चौथो अंग
सहायक प्रजिअसहित १७ उपसचिवको सरुवा 

काठमाडौँ । ८ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालयमातहतमा कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ ।

मन्त्रालयले काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो । 

आचार्य मोरङमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् भने । सल्यानको सिडिओमा मन्त्रालयमा कार्यरत शम्भु प्रसाद रेग्मीलाई पठाइएको छ ।

सरुवामा विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको हेरफेर भएको छ ।  साथै अध्यागमन विभागका निर्देशकहरु पनि फेरिएका छन् ।

मन्त्रालयले अध्यागमन विभागका निर्देशक माधव प्रसाद ढकालको पनि सरुवा गरेको छ ।  उनी सिनधुपाल्चोकका सहायक प्रजिअ भएका छन् । उनको ठाउँमा इलाका प्रशासन कार्यालय उर्लाबारी मोरङमा कार्यरत अनिल खनाल र निराजन श्रेष्ठलाई ल्याइएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update