Odapalika - The Fourth Estate - चौथो अंग
गोदावरी नगरपालिकाको गाई–बाख्रा प्रवर्धन कार्यक्रमः यस्ता छन् कृषकलाई अफर 

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले पालिकाभित्रका विभिन्न वडालाई लक्षित गरेर गाई तथा बाख्रापालक कृषकहरुका लागि अनुदान प्याकेज सार्वजनिक गरेको छ । 

नगरपालिकाले वडाअनुसार कतै बाख्रा र कतै गाई पाल्ने कृषक समूह र फर्मलाई अनुदान रकम लिन आवेदन दिन भनेको छ । 

प्रमुख शासकीय अधिकृत अच्युतराज रेग्मीका अनुसार वडा नम्बर ९मा बाख्रा प्रर्वद्धन कार्यक्रम संचालन हुँदैछ । यसका लागि नगरपालिकाले बाख्रापालक कृषकहरुका लागि १० लाख रुपैयाँ बजेट छुट्याएको छ । 

वडा नम्बर २ मा भने नगरपालिकाले बाख्रा विकास कार्यक्रममा नाममा बजेट बिनियोजन गरेर काम अघि वढाएको छ । वडा नम्बर २ मा यो शीर्षकमा नगरपालिकाले ४ लाख ५० हजार रुपैयाँ बजेट दिने घोषणा गरेको छ । 

वडा नम्बर १० ले भने गाई प्रवद्र्धन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ पाएको छ । यो बजेटले वडाभित्रका कृषक समूह, कृषि फार्मले समूह र फार्म दर्ताको कागजात र वडाको शिफारिस सहित नगरपालिकामा निवेदन दिनुपर्नेछ । 

नगरपालिकाले सबै वडाका गाईभैँसी पालक कृषकलाई ५० प्रतिशत अनुदानमा काउम्याट पनि दिने भएको छ । यसका लागि कम्तमिा २ माउ गाई या भैँसी पालेको हुनुपर्नेछ भने गोदावरी नगरपालिकाका स्थायी बासिन्दाले यो कार्यक्रमका लागि पहिलो प्राथमिकता पाउनेछन् । 

नगरपालिकाले नगरका विभिन्न वडामा गाईभैँसी पकेट विकास कार्यक्रम संचालन गरिरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update