Odapalika - The Fourth Estate - चौथो अंग
ओखलढुंगाको लिखु गाउँपालिकामा यसरी सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता 

काठमाडौँ । ओखलढुंगाको लिखु गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । 

प्रत्येक वर्ष संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यसपाली आजबाट सुरु भएको गाउँपालिकाको कार्यपालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मोहन कार्कीले जानकारी दिए ।

‘आजदेखि लिखु गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विद्यार्थीको क्षमता विकास र खेलकुद क्षेत्रको विकासका लागि यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने गरेको छ,’ प्रवक्ता कार्कीले वडापालिकासँग भने ।

३ दिनसम्म चल्ने सो प्रतियोगितामा ८ वटा विद्यालय सहभागी छन् । सो प्रतियोगिताको उद्घाटन आज गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले गरेका हुन् ।

likhu-game11703834546.jpg

likhu-game21703834554.jpg

likhu-game31703834555.jpg

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update