काठमाडौँ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएको भन्दै ग्वार्कोमा चर्किएको आन्दोलनका क्रममा एकजना प्रर्दशनकारीको मृत्यु भएको छ भने अर्का एकको अवस्था गम्भीर बनेको छ ।
आज बिहानैबाट ग्वार्कोस्थित इपिएस कार्यालयमा भेला भएका परीक्षार्थीमाथि प्रहरीले बल प्रयोग गर्दा जुम्लाका २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो ।
प्रहरीको प्रहारबाट घाइत राउतलाई किस्ट अस्पतालले मृत घोषणा गरेको छ । गम्भीर घाइते बनेका एकजना प्रर्दशनकारीको भने पाटन अस्पतालको आइसीयु कक्षमा उपचार भइरहेको छ ।
बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरुले भौतिक पूर्वाधार तथा यातायतमन्त्री प्रकाश ज्वालाको सरकारी गाडीमा आगो लगाएपछि ग्वार्केमा हिंसा भड्किएको हो ।