Odapalika - The Fourth Estate - चौथो अंग
१ फागुनको जनयुद्ध दिवस बदर 

काठमाडौँ । सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर गरिदिएको छ । 

सर्वोच्च अदालतका न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिनेगरी गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुने फैसला गरेको हो । 

सरकारको यो निर्णयबिरुद्ध ज्ञानेन्द्रराज आरणलगायतले सर्वोच्च अदालतमा २९ चैत २०७९ मा रिट निवेदन दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update