काठमाडौँ । राष्ट्रिय क्रिकेट टीमका खेलाडी सन्दिप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले एक नावालिका बलात्कार गरेको अभियोगमा दोषी ठहर गरेको छ ।
जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गर्दै कैद सजाय कति हुने भन्ने अर्को इजलासले निर्धारण गर्ने भएको छ । ३ वर्षभन्दा वढी सजाय हुनेभए अर्को इजलास बसेर निर्धारण गर्ने कार्यविधि छ ।
त्रिकेटर लामिछानेले गौशालाको एक होटलमा लगेर १८ वर्ष उमेर नकटेकी एक बालिकालाई बलात्कार गरेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो ।
गौशाला २६ को जाहेरीमा १४ कात्तिक २०७९ मा दर्ता भएको जर्वजस्ती करणीसम्वन्धि उक्त मुद्दामा लामो सुनुवाईपछि आज फैसला भएको हो ।
यो फैसलासँगै चर्चित क्रिकेटर लामिछाने दाषी ठहर भएका छन् । उनले जिल्ला अदालतको फैसला चित्त नबुझे उच्च अदालतमा पुनरावेदन गर्न पाउने सुविधा भने पाउनेछन् ।