Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ आज देशभर मौसमको अवस्था 

काठमाडौँ । हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update