Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः लुम्बिनी कर्णाली र सुदूरपश्चिममा छाता नचाहिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । 

हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र मधेस प्रदेशका पश्चिमी भु–भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । 

महाशाखाकाअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । 

देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको समेत सम्भावना छ । यस्तै, बाँकी प्रदेशका थोरै स्थानहरूमा समेत शनिवार राति हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update