Odapalika - The Fourth Estate - चौथो अंग
महाँकाल गाउँपालिकाले बनायो प्रज्ञा परिषद र प्रतिष्ठान, यी हुन् प्राज्ञ 

ललितपुर । स्थानीयस्तरमा भाषा, कला र साहित्यको विकास गर्न ललितपुरको महांकाल गाउँपालिकाले प्रज्ञा परिषद र प्रज्ञा प्रतिष्ठान गठन गरेको छ ।

गाउँपालिका अध्यक्ष गणेशबहादुर केशीकाअनुसार गाउँपालिकाले ७ सदस्यीय प्रज्ञा परिषद र १५ सदस्यीय प्रज्ञा प्रतिष्ठान गठन गरेको हो । 

परिषदको अध्यक्षमा स्थानीय कालेश्वरी मावि चन्दनपुरका शिक्षक तथा साहित्यकार रामसुन्दर केशी नियुक्त भएका छन् भने अन्य सदस्य नियुक्त गर्न बाँकी छ । 

प्रज्ञा प्रतिष्ठान भने गाउँपालिका अध्यक्षको नेतृत्वमा गठन भएको छ  । प्रतिष्ठानमा २ जना उपाध्यक्ष रहने प्रावधान छ । अध्यक्षलाई कुलपति र गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोले र प्राज्ञ परिषदका अध्यक्ष केशी उपाध्यक्ष छन् । 

पालिका अध्यक्ष तथा प्रज्ञा प्रतिष्ठानका कुलपति गणेश बहादुर केशीकाअनुसार प्रज्ञा प्रतिष्ठानमा २ र परिषदमा अध्यक्षबाहेक सबै सदस्य नियुक्त गर्न बाँकी छ । 

यसका लागि १९ पुसमा प्रज्ञा प्रतिष्ठानको बैठक बोलाइएको छ । प्रज्ञा परिषदको सदस्यहरुमा भने कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाअध्यक्ष जोनी कुमार न्यासुर, प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट र गाउँपालिकाले तोकेको १ जना अधिकृत सदस्यसचिव रहने व्यवस्था छ । अध्यक्ष, २ जना उपाध्यक्ष र १ जना सदस्य र १ जना सदस्यसचिव पदेन हने व्यवस्था गरिएको छ । 

३ वर्षको कार्यकाल रहने प्रतिष्ठानको सदस्यहरुमा सचितानन्द घिमिरे, रत्न बिरही घिमिरे, सुजाता केसी, प्रतिमा तामाङ, टंक लामा र उद्धव प्रसाद पराजुली सदस्य छन् । 

भाषा, साहित्य र कलाको विकासका लागि ललितपुरमै पहिलोपटक प्रज्ञा परिषद र प्रज्ञा प्रतिष्ठान गठन गरी कार्यसम्पादनसमेत सुरु भएको गाउँपालिका अध्यक्ष केसीले वडापालिकालाई बताए । 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update