Odapalika - The Fourth Estate - चौथो अंग
ग्लोबल आइएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सव अवसरमा ग्राहकलाई क्युआर पेमेन्ट प्रयोग गर्दा १७ प्रतिशतसम्मको छुट योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत बैंकले कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारमा १७ प्रतिशतसम्म छुट तथा १,००० रुपैयाँसम्म क्यास ब्याक दिनेछ।

ग्राहकलाई पुस १६ देखि माघ १७ सम्म बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससिटी कार्डबाट योजना अवधिभर पिओएस मेसिनमार्फत गरिने १० वटा बढी २०,००० रुपैयाँभन्दा माथिको कारोबार रकममा १,००० रुपैयाँको क्यासब्याक उपलब्ध गराइने बैंकले बताएको छ।

बैंकमा नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलो पटकको क्युआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँसम्म छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update