Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँसहित देशभर यस्तो छ आजको मौसम 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुनेछ । बिहान तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

विभागका अनुसार राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पहाडी भू–भागमा आंशिक बदली हुने, कोसी, वाग्मती र गण्डकी प्रदेशमा हिमपात तथा तराईमा हुस्सुरकुहिरोका कारण हुने चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले आग्रह गरेको छ । 

काठमाडौं उपत्यकामा भने चिसो बढेको छ । बिहान ६ बजेको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस थियो भने दिउँसोको तापक्रम अधिकतम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने विभागको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update