Odapalika - The Fourth Estate - चौथो अंग
नागरिक उड्डयन प्राधिकरणसँग ४  खर्ब ६५ अर्बको सम्पत्ति, जग्गा कति ? 

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले आफूसँग देशभर कुल स्थिर सम्पत्ति ४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको बताएको छ । प्राधिकरणको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार चलनचल्तीको मूल्यका आधारमा प्राधिकरणसँग जग्गामात्र करिब ४ खर्ब २२ अर्ब रुपैयाँ बराबरको छ । 

देशका ४३ स्थानमा प्राधिकरणसँग कुल २ करोड ७ लाख २४ हजार ५ सय ७७ वर्गमिटर जग्गा रहेको छ । जसमा प्राधिकरणले हाल सञ्चालन गरिरहेका विमानस्थल र कार्यकालयहरू अवस्थित छन् । जसको प्रचलित बजार मूल्य करिब ४ खर्ब २२ अर्ब रहेको प्राधिकरणले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणमा उल्लेख गरेको छ ।

देशभरका विमानस्थलमा निर्माण भएका भवनलगायतका संरचनाको मूल्य प्राधिकरणले २६ अर्ब २० करोड रुपैयाँ कायम गरेको छ ।काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १९ लाख ९ हजार १ मिटर वर्गमिटरमा फैलिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको मूल्य प्राधिकरणले १ खर्ब ९३ अर्ब ८ करोड रुपैयाँ बराबर रहेको उल्लेख गरेको छ । 

कास्कीमा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १९ लाख ८३ हजार ५ सय ७७ वर्गमिटरमा फैलिएको छ । यस विमानस्थलमा रहेको जग्गाको मूल्य करिब ३८ अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ५८ लाख ८६ हजार १ सय ४३ वर्गमिटर क्षेत्रफलमा अवस्थित छ । यस विमानस्थलमा रहेको प्राधिकरणको जग्गाको मूल्य ९२ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

चितवनस्थित भरतपुर विमानस्थलमा प्राधिकरणको ४ लाख १७ हजार २६१ वर्गमिटर जग्गा रहेको छ । यसको मूल्य करिब ८ अर्ब ७९ करोड रहेको छ ।

यस्तै नेपालगञ्जस्थित राझाँ एयरपोर्टमा २६ लाख २९ हजार २२० वर्गमिटर जग्गा रहेकोमा यसको प्रचलित मूल्य करिब १७ अर्ब रुपैयाँ रहेको छ । सोलुखुम्बुस्थित लुक्ला विमानस्थलको जग्गाको क्षेत्रफल ३६ हजार ६५४ रहेकोमा यसको प्रचलित मूल्य ७३ करोड १२ लाख रुपैयाँ रहेको छ । 

जनकपुरस्थित धनुषाधाम एयरपोर्टमा प्राधिकरणको जग्गा ४ लाख ४१ हजार २ सय २३ वर्ग रहेको छ । यसको प्रचलित बजार मूल्य ३ अर्ब ९४ करोड रहेको छ ।

खोटाङस्थित लामीडाँडा विमानस्थल ५९ हजार ८६८ वर्गमिटरमा फैलिएको छ । यसको प्रचलित बजार मूल्य ७ करोड ३१ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।

मनाङस्थित हुम्डेमा प्राधिकरणको जग्गा ८४ हजार ९५९ वर्गमिटर रहेको छ । यसको मूल्य ११ करोड १२ लाख रुपैयाँ पर्ने प्राधिकरणले जनाएको छ । 

यस्तै बारास्थित सिमरा विमानस्थलमा ४ लाख ७५ हजार ६ सय ९२ वर्गमिटर जग्गाको मूल्य ७ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

बैतडीको पाटन विमानस्थलको क्षेत्रफल ७९ हजार २ सय ३४ वर्गमिटर रहेकोमा यसको मूल्य ४२ करोड १ लाख २५ हजार रुपैयाँ रहेको प्रधिकरणले उल्लेख गरेको छ । 

संखुवासभास्थित तुम्लिङटार विमानस्थलमा प्राधिकरणको ३ लाख ७४ हजार ४ सय ३२ वर्गमिटर रहेको छ । यसको मूल्य १ अर्ब ३१ करोड रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै बाग्लुङस्थित बलेवा विमानस्थलमा प्राधिकरणको जग्गा ६८ हजार २०८ वर्गमिटर रहेको छ । यसको बजार मूल्य ४६ करोड ९६ लाख रुपैयाँ रहेको छ । 

चितवनस्थित मेघौलीमा प्राधिकरणको १ लाख ४१ हजार ९० वर्गमिटर जग्गा रहेकोमा यसको मूल्य २८ करोड ३९ लाख रुपैयाँ रहेको छ । 

बझाङस्थित चैनपुर, देवलमा प्राधिकरणको ६६ हजार ३८० वर्गमिटर जग्गा रहेकोमा यसको प्रचलित बजार मूल्य १८ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

डोटी दिपायल विमानस्थल ५३ हजार २ सय ४४ वर्गमिटरमा फैलिएको छ । जसको प्रचलित बजार मूल्य १७ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

रुकुमस्थित सल्ले विमानस्थल ७० हजार ५६३ वर्गमिटर क्षेत्रफलमा फैलिएकोमा यसको मूल्य ११ करोड ६३ लाख रुपैयाँ पर्ने प्राधिकरणले जनाएको छ । 

रुकुममा अवस्थित अर्को विमानस्थल चौरजहारीमा ८१ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफल जग्गा रहेको छ । जसको प्रचलित मूल्य १४ करोड ८२ लाख रुपैयाँ पर्ने प्राधिकरणले उल्लेख गरेको छ । 

दाङस्थित तुलसीपुर विमानस्थल २ लाख ६० हजार ९ सय ४९ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । जसको बजार मूल्य करिब ५० करोड ७५ लाख रुपैयाँ पर्ने प्राधिकरणको भनाइ छ । 

कंचनपुरस्थित महेन्द्रनगर विमानस्थल ३ लाख ५५ हजार ७ सय ६६ वर्गमिटरमा फैलिएको छ । यस विमानस्थलमा कायम भएको जग्गाको प्रचलित मूल्य करिब २ अर्ब ४६ करोड पर्ने प्राधिकरणले जनाएको छ । 

सुर्खेतस्थित सुर्खेत विमानस्थलमा प्राधिकरण २ लाख ५० हजार २ सय ६९ वर्गमिटर जग्गा रहेकोमा यसको प्रचलित बजार मूल्य १ अर्ब ३९ करोड पर्ने विमानस्थल जनाएको छ ।

अछामस्थित साफेँवगर विमानस्थिल ६७ हजार ९ सय ९८ वर्गमिटर क्षेत्रफलमा रहेको छ । यस विमानस्थलमा रहेको जग्गाको मूल्य २४ करोड ८२ लाख रुपैयाँ पर्ने प्राधिकरणले उल्लेख गरेको छ ।

अछामस्थित कमल बजार विमानस्थल ६३ हजार ६ सय ५० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। यस विमानस्थलमा रहेको जग्गाको मूल्य ९ करोड ४० रुपैयाँ रहेको छ ।

मुगुस्थित ताल्चा विमानस्थल १ लाख ८४ हजार ६ सय ७२ वर्गमिटर क्षेत्रफलमा अवस्थित छ । यस विमानस्थलमा रहेको जग्गाको मूल्य करिब ९२ करोड ७० लाख रुपैयाँ पर्ने प्राधिकरणले जनाएको छ । 

कैलालीको धनगढीमा ५ लाख १७ हजार ६४ वर्गमिटर जग्गा रहेको छ । जसको मूल्य २ अर्ब ९२ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

जुम्लास्थित जुम्ला विमानस्थल ८४ हजार ५ सय २६ वर्गमिटरमा फैलिएको छ । यस विमानस्थलमा रहेको जग्गाको कुल बजार मूल्य ४८ करोड ६० लाख रहेको छ ।

कैलालीस्थित टीकापुरमा प्राधिकरणको १ लाख २२ हजार ९ सय ९० वर्गमिटर जग्गा रहेकोमा यसको प्रचलित बजार मूल्य ३७ करोड ९० लाख रुपैयाँ रहेको छ ।

भोजपुर जिल्लास्थित भोजपुर विमानस्थल ६७ हजार २ सय ३५ वर्गमिटर क्षेत्रफलमा अवस्थित छ । यस विमानस्थलको जग्गाको मूल्य ४४ करोड ८० लाख हुन आउने प्राधिकरणले जनाएको छ । 

सोलुखुम्बुस्थित फाप्लुमा प्राधिकरणको ८५ हजार ३ सय ४१ वर्गमिटर जग्गा रहेकोमा यसको बजार मूल्य ३१ करोड १४ लाख कायम गरिएको छ ।

गोरखाको पालुङटार विमानस्थल १ लाख ७१ हजार ३ सय २० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । जसको जग्गा मूल्य २ अर्ब २ करोड २७ लाख पर्ने प्राधिकरणले जनाएको छ ।

मोरङस्थित विराटनगर विमानस्थल ८ लाख ३१ हजार ५ सय ३९ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। यस विमानस्थलमा अवस्थित जग्गाको चलनचल्तीको मूल्य ९ अर्ब ९२ करोड ६३ लाख रुपैयाँ पर्ने प्राधिकरणले जनाएको छ ।

ताप्लेजुङको सुकेटार विमानस्थल १ लाख २३ हजार ४ सय ८० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यस विमानस्थलमा रहेको जग्गा प्रचलित मूल्यका आधारमा ३६ करोड २८ लाख पर्ने प्राधिकरणले उल्लेख गरेको छ । 

झापास्थित भद्रपुर विमानस्थल २ लाख ८८ हजार २ सय २९ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यस विमानस्थलमा रहेको जग्गाको मूल्य करिब ९८ करोड ८३ लाख रुपैयाँ पर्ने प्राधिकरणको दाबी छ । 

खोटाङस्थित थामखर्क विमानस्थिल ९२ हजार ३ सय १४ वर्गमिटरमा फैलिएको छ । यस विमानस्थलमा रहेको जग्गाको मूल्य ९ करोड ६२ लाख रुपैयाँ पर्ने प्राधिकरणले जनाएको छ ।

खोटाङस्थित खानीडाँडामा प्राधिकरणको ३५ हजार ३ सय ५३ वर्गमिटर जग्गा रहेकोमा यसको बजार मूल्य ७ करोड ६५ लाख रुपैयाँ पर्ने प्राधिकरणले उल्लेख गरेको छ । 

इलामस्थित फाल्गुन्नद सुकिलुम्बा विमानस्थिलमा प्राधिकरणको २ लाख ४५ हजार ६ सय ३७ वर्गमिटर जग्गा रहेको छ । यसको बजार मूल्य १ अर्ब ५० करोड हुने प्राधिकरणले जनाएको छ ।

पोखरास्थित विमानस्थल ५ लाख ८८ हजार ४ सय ३२ वर्गमिटरमा फैलिएको छ। यस विमानस्थलमा रहेको जग्गाको मूल्य १९ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

कालिकोटस्थित कोटवडामा प्राधिकरणको १ लाख ५४ हजार ७ सय ६८ वर्गमिटर जमिन रहेको छ। यसको बजार मूल्य २५ करोड ५ लाख पर्ने प्राधिकरणले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

बारास्थित निजगढमा प्राधिकरणको ४ लाख ८० हजार ८ सय ४१ वर्गमिटर जग्गा रहेको छ । जसको मूल्य ५ अर्ब ४ करोड पर्ने प्राधिकरणले प्रतिवेदनमा उल्लेख गरको छ ।

गुल्मीस्थित रेसुङ्गा विमानस्थल ७९ हजार ३ सय ६३ वर्गमिटर क्षेत्रफलमा अवस्थित छ । यस विमानस्थलमा रहेको जग्गाको बजार मूल्य १० करोड ५१ लाख पर्छ । 
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update