Odapalika - The Fourth Estate - चौथो अंग
पुस १६ गते विहान बसेको मन्त्रिपरिषद बैठकले यस्ता निर्णय गर्यो 

काठमाडौँ । पुस १६ गते विहान मन्त्रिपरिषद बैठक बसेको छ । बैठकले गरेका निर्णयहरु सरकारले सार्वजनिक गरेको छ ।

सार्वजनिक भएका निर्णयहरु विशेष गरेर २ वटा छन् । पुस १३ गते प्रहरीको गोली लागेर ललितपुरको बालकुमारीमा २ जना युवाको ज्यान गएको विषयमा सरकारले उच्चस्तरीय छानविन समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्ता छन् निर्णयहरुः

१. मिति २०८०/०९/१३ का दिन ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नम्बर ८, बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानविन गर्ने तथा छानविन गर्न देहायबमोजिमको जाँचबुझ आयोग गठन गर्नेः

उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्व एआइजी श्री अरुण बिसी र गृहमन्त्रालयका सहसचिव श्री नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गर्ने । 

२. आयोगलाई देहायबमोजिम कार्यादेश तोक्नेः

–उक्त घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययनरविश्लेषण गर्ने,

–उक्त घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने,

–उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जोकोहीलाई कारबाहीको सिफारिस गर्ने,

–आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको १९एक० महिनाभित्र पेश गर्ने ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update