काठमाडौँ । प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई पक्राउ गरेको छ ।
माइतीघर मण्डलामा धोती दिवस मनाउने क्रममा संघीय संसदको सांसद समेत रहेका जनमत पार्टीका अध्यक्ष राउत पक्राउ परेका हुन् ।
सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको अभियोगमा प्रहरीले अध्यक्ष राउतलाई पक्राउ गरेको हो । प्रहरीले राउत सहित ५१ जनालाई पक्राउ गरेको छ ।
प्रकाशित मिति: सोमबार, पुस १६, २०८० ११:१७
प्रतिक्रिया दिनुहोस्