Odapalika - The Fourth Estate - चौथो अंग
उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा बाक्लो हुस्सु 

काठमाडौँ । जल तथा मौस विभागले आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको भन्दै सावधानी अपाउन चेतावनी दिएको छ । 

हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको  र  तराईका जिल्लामा हुस्सु लाग्ने विभागले भनेको छ । हुससु भने बिहानको समयमा लाग्ने उसको भनाइ छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०७:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update