Odapalika - The Fourth Estate - चौथो अंग
सिटिजन लाइफले घोषणा गर्‍यो लाभांश, नगद कति ? 

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनिलाई नगद लाभांश घोषणा गरेको हो । 

बैठकले गत वर्षको नाफाबाट ५.२६३२  प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

इन्स्योरेन्सले हाल कायम ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने निर्णय गरेको हो । बोनश सेयरपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ हुनेछ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update