काठमाडौँ । मंगलबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण आन्तरिक विमानस्थलमा उडान प्रभावित भएको छ ।
बाक्लो हुस्सुका कारण अधिकांश विमानस्थलमा उडान प्रभावित बनेको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मंगलबार बिहानैदेखि पोखरा क्षेत्रिय अन्र्तराष्ट्रिय विमानस्थल कार्यालय, भरतपुर, विराटनगर, जनकपुर, सिमरा लगायतका अधिकांश विमानस्थलमा उडान प्रभावित भएको हो ।
त्रिभुवन विमानस्थल कार्यालयले बिहान १० बजेसम्मको समयमा नेपालगन्ज, सुर्खेत, लुक्ला र भोजपुरको फाप्लु विमानस्थलमा मात्रै उडान सुचारु भएको जनाएको छ ।
बिहानैदेखि अधिकांश विमानस्थलको उडान प्रभावित हुँदा गन्तव्यमा जान विमानस्थल पुगेका यात्रुहरु मारमा परेका छन् ।