Odapalika - The Fourth Estate - चौथो अंग
बालेनले गरे तीन कर्मचारी निलम्बन, प्रमुख प्रशासकीय अधिकृत बिदामा

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो सचिवालय प्रमुखसहित तीन जना कर्मचारीलाई निलम्बन गरेका छन् । 

कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन गरेका हुन् । 

मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका छन् । छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको मेयरको सचिवालय स्रोतले जनाएको छ । 

महानगरपालिका स्रोतका अनुसार महानगरको कार्यपालिकाले गरेको निर्णय प्रमाणीकरण गर्दा नियतवश फरक ब्यहोरा लेखिएको आशंका छ ।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी समेत यो प्रकरणमा जोडिएपछि मेयर शाह आफैँले यसको छानबिन थालेका छन् ।

त्यस्तै, सार्वजनिक निर्माण विभागका विभागीय प्रमुख रामबहादुर थापा पनि बिदामा छन् । उनी पनि विवादको घेरामा परेपछि निलम्बन हुने डरले बिदामा बसेका हुन् । उनको काम अहिले नक्सा विभाग प्रमुखले हेरिरहेका छन् । 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update