Odapalika - The Fourth Estate - चौथो अंग
आज तरकारी र फलफूलको मूल्यम स्थिर 

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज ठूलो गोडभेँडाको मूल्य हिजोको तुलनामा स्थिर छ । नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी आज १०० रुपैयाँ छ । लोकल सानो गोलभेँडाको मूल्य भने आज १५ रुपैयाँले बढेर ५० रुपैयाँ कायम छ । रातो आलु ४८ रुपैयाँ र सेतो आलुको न्यूनतम मूल्य ३४ रुपैयाँ छ । 

समितिका अनुसार स्थानीय काउलीको मूल्य पनि स्थिर नै रहेर ७० रुपैयाँ न्युनतम मूल्यमा बिक्रि भइरहेको छ । यस्तै गाजरको मूल्य पनि स्थिर नै रहेर प्रतिकेजी ११० रुपैयाँमा विक्री भएको छ । 

यस्तै घिउ सिमी लोकल ३०, मूला रातो ३०, मूला सेतो लोकल १५, भन्टा लाम्चो २५, मकै बोडी ५०, भटमास कोशसा ९०, तितो करेला ५०, लौका ४०, परवल ३०, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ६०, कन्ने च्याउ १५०, डल्ले च्याउ ३५०, काँक्रो लोकल ४०, कुरीलो ४०० र स्कूस ६० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ । 

रायोको साग प्रतिकेजी ६० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ८० रुपैयाँ न्युनतम मूल्य छ ।

त्यस्तै फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागती १३० रुपैयाँमा विक्री भइरहेको छ । अनार ३०० रुपैयाँ न्युनतम मूल्यमा पाइने छ । 

आँप मालदह १६०, अंगुर कालोको ५३० रुपैयाँ मूल्य तोकिएको छ । तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।  
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update