Odapalika - The Fourth Estate - चौथो अंग
एयरबस ३२० को पहिलो नेपाली पाइटल बने ज्वार्चन, को हुन उनी ?

काठमाडौँ । एयरबस ३२० (न्यारोवडी जहाज) को पहिलो ‘डेजिगनेटेड चेक पाइलट (डीसीपी)’ को लाइसेन्स क्यापटेन दीपु ज्वार्चनले पाएका छन् । नेपाल वायुसेवा निगमका वरिष्ठ क्यापटेन समेत रहेका ज्वार्चनले उक्त लाइसेन्स पाएका हुन् । 

नेपालमा दर्ता भएका वायुसेवा कम्पनीमा कार्यरत पाइलटहरु मध्ये यस्तो लाइसेन्स पाउने उनी पहिलो पाइलट समेत बन्न सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले ज्वारचन नै एयर बस ३२० को पहिलो नेपाली परीक्षक पाइलट बनेको जानकारी दिए । उनका अनुसार ज्वारचनले उक्त लाइसेन्स पाएसँगै पाइलटहरूको परीक्षासमेत लिन पाउने भएका छन् । यसअघिसम्म ज्वारचनले प्रशिक्षक पाइलटको रुपमा पाइलटहरूलाई तालिम दिन्थे । अब भने उने पाइलटहरूको परीक्षासमेत लिन पाउने छन् ।

ज्वारचन २००७ देखि नेपाल एयरलाइन्सका जहाज उडान गरिरहेका छन् । २००७ मा खुला प्रतिस्पर्धाबाट निगममा प्रवेश गरेका ज्वारचनले २०१५ सम्म ट्विनअटर जहाज उडान गरेका थिए ।

२०१५ बाट एयरबस ३२० उडान गरिरहेका ज्वारचनले २०२२ मा प्रशिक्षक पाइलटको लाइसेन्स पाएका थिए । यसैबीचमा उनी अपरेशन विभागको प्रमुखसमेत भइसकेका छन् भने छोटो समयका लागि उनी निगमको निमित्त महाप्रबन्धकसमेत भएका थिए । 

ज्वारचनले करिब ९ हजार घण्टा जहाज उठाइसेका छन् । उनका बुबा पनि नेपाल एयरलाइन्सका क्यापटेन हुन् । एयरबस ३२० न्यारोवडीका क्यापटेन रहेका उनका बुबा केही समय अघि मात्रै निगमबाट अवकाश लिएका छन् । उनको आमा समेत नेपाल एयरलाइन्सको क्याबीन क्रु चिफ थिईन् । आमाले समेत केही समयअघि मात्रै निगमबाट अवकाश लिएकी छिन् । 

क्यापटेन बुबा र क्याबीन क्रु चिफ आमाका एक्ला सन्तान हुन् ज्वार्चन । स्कुल लेबलको अध्ययन पोखरामा पूरा गरेका उनले अमेरिकाबाट पाइलट कोर्श पूरा गरेका थिए । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update