Odapalika - The Fourth Estate - चौथो अंग
धनगढी उपमहानगरभित्र १ माघदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने 

काठमाडौँ । धनगढी उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ ।

उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आगामी १ माघदेखि उपमहानगरपालिकाभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने तयारी गरेको हो ।

 ‘धनगढी उप–महानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१)  सोही ऐनको दफा ३० (२) अनुसार २०८० साल माघ १ गते देखि चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सूर्तीजन्य पदार्थ विकी वितरण नगर्न नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ महानगरले भनेको छ ।

विक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने महानगरले भनेको छ । 

सुर्तीजन्य पदार्थको बिक्री वितरणका लागि उपमहानगरपालिकाबाट छुट्टै अनुमति लिनुपर्ने समेत जनाएको छ । १ माघपछि उपमहानगरभित्र सुर्तीजन्य पदार्थको विक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update