Odapalika - The Fourth Estate - चौथो अंग
बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव छ । जसको प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली  रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ भने बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update