Odapalika - The Fourth Estate - चौथो अंग
आज र भोलि रातभर उल्का वर्षा, ३ प्रदेशमा दिउँसो वर्षा 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

दिउँसो  भने कोशी, गण्डकी, कर्णाली र सुदूर पश्चिम  प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । 

महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागको केही स्थानमा हल्का हिमपातको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैबीच सन् २०२४ को पहिलो उल्का वर्ष आज हुने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार आज र भोलि राति अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ । 

उल्का वर्षा स्थानीय समयअनुसार आज दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय हुनेछ । तर, आँखाले भने बिहीबार राति ११ः३० बजेदेखि शुक्रबार सूर्योदयभन्दा अगाडिसम्म हेर्न सकिनेछ । 

भूतप उल्का वर्षा स्थानीय समयअनुसार आज दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय हुनेछ । तर, आँखाले भने बिहीबार राति ११ः३० बजेदेखि शुक्रबार सूर्योदयभन्दा अगाडिसम्म हेर्न सकिनेछ । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update