Odapalika - The Fourth Estate - चौथो अंग
तपाईंबारे आज कस्तोे मान्यता राख्छ ज्योतिषशास्त्र ?

आजको पञ्चाङ्ग: तिथि: अष्टमी, नक्षत्र: हस्ता, करण: तैतिल, चन्द्रराशि: कन्या, सूर्योदय: ६ः ५७, सूर्यास्त: १७: २०, दिनमान: २५: ५८ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० बजेसम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

आज शुरुमा काममा अवरोध हुनसक्छ । मध्यान्नदेखि समयले साथ दिनेछ । रमाइलो भेटघाट हुनेछ । परिवारको सफलताले मन आनन्दित हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

आज स्वास्थ्यमा समस्या आउनेछ । साथीहरुसँग बिछोडिनु पर्नेछ । शत्रुको कारण बढी खर्च होला ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

तपाईँको आज शुभ दिन हुनेछ । सन्तान सुख पाउनु हुनेछ । पराक्रम बढ्नेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

यात्राको कारण शरीर थकित तथा आलस्य हुनेछ । गरेको कामबाट प्रशंसा पाइनेछ । भेटघाटको अवसर जुर्नेछ ।

सिंह (मा मि मु मे मो टा टि टु)

सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । पराक्रमले अरुलाई प्रभावित पार्नु हुनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

आज गरेको कामको जश पाइनेछ । धन प्राप्त होला । लेनदेनको कारण सामान्य तनाव लिनुपर्नेछ । 

 तुला (र रि रु रे रो ता ति तु ते)

आजको दिन आयआर्जनको सुनौलो दिन रहनेछ । सामान किनमेलमा समय खर्च होला । आजको यात्रामा सुखद हुनेछ । 

वृश्चिक (तो नानि नु ने नो या यि यु)

आज तपाईँको खर्चिलो दिन हुनेछ । गरेको कामबाट बिग्रने सम्भावना देखिन्छ । नमिठो समाचारले मन खिन्न होला ।  

धनु ( ये यो भा भि भु ध फा ढा भे)

सही ठाउँमा धन खर्च हुनेछ । समय भाग्योदयको रहेकाले काम बन्नेछन् । धर्मतिर मन जानेछ । 

मकर (भो जाजि जु जे जो खा खि खु खे खो गा गि)

कामले सफलता पाउनेछ । भेटघाट र रमाइलोमा दिन बित्नेछ । सोचविचार गरेर मात्र काम गरिनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

उपयोगी सामानको खरिद हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहितहुनेछ । भाग्यले पूरै साथ दिनेछ ।  

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आज त्यति अनुकूल समय छैन । धेरैसँग विवाद हुनसक्छ । पराक्रम घट्नेछ । धैर्यताको साथ लिएर काम गर्नुहोला । स्वस्थ्यमा गडबढी हुनेछ ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update