Odapalika - The Fourth Estate - चौथो अंग
कोरियाले पानीजहाज कम्पनीमा कामदार लैजाने, यसरी दिन सकिन्छ निवेदन

काठमाडौँ । तपाईं रोजगारीका लागि विदेश जान चाहनुहुन्छ ? विदेश जाने तयारीमा हुनुहुन्छ भने कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरिएको छ । इपीएस कोरिया शाखाले आज (आइतबार) सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । 

नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्र अनुरुप रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई लैजान आवेदन खुलेको छ ।

पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उमेदवारको छनौट गर्न कोरियान भाषा परीक्षा सञ्चालन गरिने जनाइएको हो । २० साउनदेखि २४ गतेसम्म १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सकिनेछ । भाषा परीक्षा आगामी १ असोजदेखि हुने बताइएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update