काठमाडौँ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । उनले राजीनामा दिएको एक महिनापछि स्वीकृत भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले गजुरेलले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिए । गजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वीकृति भएको हो ।
प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिएको मिति मंसिर २० देखि नै लागू हुनेगरी राजीनामा स्वीकृत भएको बिहीबार जानकारी गराएको हो । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा मंसिर २० देखि लागू हुनेगरी स्वीकृत भएको छ’, आचार्यको भनाइ छ ।
गजुरेलले काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको दाबी गर्दै आएका छन् ।