काठमाडौँ । साताको अन्तिम दिन शेयर बजार परीसूचक नेप्से एकल अंकमा घटेको छ । बुधबार दोहोरो अंकमा बढेर सेयरलगानीकर्तालाई उत्साहीत नभएको नेप्से परिसूचक बिहीबार ८.७१ अंकले घटेर २०४९.२८ बिन्दुमा झरेको हो ।
बिहीबार ११३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ५८ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । १२८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन ।
बुधबार नेप्से २७.९० अंकले बढेर २०५८.०० विन्दुमा उक्लिएको थियो । बिहीबार एक करोड ६० लाख ५२ हजार १०१ कित्ता किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८०४ रुपैयाँको कारोबार भयो ।
आज कालिका पावर, सिंगटी हाइड्रो इनर्जी, नेपाल वेयरहाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज बिन्ध्यबासिनी हाइड्रोपावर, यूनाईटेड आईडीआईडी मार्दी आरबी हाइड्रोपावर, समाज लघुवित्त, भिजन लुम्बिनी उर्जा, मोलुङ्ग हाइड्रोपावर र माण्डु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।