Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा धेरै जाडो 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँ उपत्यकामा आज यो यो वर्षकै सवैभन्दा कम तापक्रम रेकर्ड भएको छ । 

आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । विभगले तापक्रम यो भन्दापनि तल झर्ने बताएको छ ।  जनवरी महिनाभर तापक्रम घट्ने विभागको भनाइ छ । दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियसको बीचमा रहनेछ । 

महाशाखाका अनुसार हाल देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी,बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी  भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी र मधेश प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने विभागको अनुमान छ । 

महाशाखाका अनुसार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागको एक( दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update